शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

‘सत्ता गठबन्धनले एमालेलाई बहुमत ल्याउन रोक्न सक्दैनन्,- नेम्वाङ

दैनिक नेपाल २०७९ साउन ३० गते २०:५७

काठमाडौँ, ३० साउन । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आसन्न मंसिर ४ को चुनावमा एमालेलाई बहुमत ल्याउनबाट कुनै पनि गठबन्धनले रोक्न नसक्ने बताएका
छन् ।

सोमबार नेकपा (एमाले) अर्घाखाँचीले सन्धिखर्कमाआयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसभामुख नेम्वाङले यस्तो बताएका छन् ।

उनले, ‘गठबन्धनबिना एमालेसँग चुनाव लड्न नसक्ने ठहर गर्दै ५ दलीय गठबन्धन भएका छन्, अझै जति दल एक ठाउँ भए पनि मंसिरको चुनावमा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न सक्दैनन् ।’

स्थानीय तहको चुनावमा एमालेको पक्षमा लोकप्रिय मत आएकाले र देशको विकासका लागि जनताले एमालेको सरकार आवश्यक ठानेका बहुमत ल्याएरै छाड्ने उनको दाबी थियो ।

‘कांग्रेसको धरातल कहाँ झर्‍यो, गठबन्धनबिना एक्लै चुनाव लड्न नसक्ने ठहर गर्दै ५ दलीय गठबन्धन गरियो,’ उनले भने, ‘एमालेका सबै नेतारकार्यकर्ता एकढिक्का भएर अर्घाखाँचीका स्थानीय तहमा धेरै स्थानमा जित्न सफल भयौं । संघ र प्रदेशसभाका तीन वटै सिटमा एमाले उम्मेदवार विजयी भएरै छाड्छन् ।’ एमालेलाई चारैतिरबाट जति घेराबन्दी गरेपनि देशभर एमालेको बहुमतलाई रोक्न अब ५ दलीय गठबन्धनले नसक्ने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित