३ मंसिर २०८३, बिहिबार

‘प्रचण्डले पहिलेका कुरालाई बिर्सेर गठबन्धन छाडेर आए वाम एकता सम्भव छ’

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा अझै पनि वाम एकताको सम्भावना रहेको बताएका छन् । पार्टीको प्रशिक्षण कार्यक्रमका लागि सोमबार रूकुमपूर्व पुगेका ज्ञवालीलाई पत्रकारहरू सँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

‘माओवादी केन्द्रसँग गरिएको एकता आम जनतामा खुसी छाएको थियो। तर, प्रचण्डकै कारणले पार्टी विभाजन हुन पुग्यो। अहिले पनि माओवादी हालको गठबन्धनबाट बाहिरिएर पहिलेका तीतामीठा कुरालाई बिर्सेर आएमा वाम एकताका सम्भव छ’, उनले भने ।

परमादेशबाट बनेको सरकारलाई हटाउनका लागि ताजा जनमतको आवश्यक रहेको उनले बताए। ‘हामी गठबन्धनका लागि गठबन्धन नारा लिएर चुनावमा जाँदैनौ। एमालेलाई जनताको पूर्ण साथ, सहयोग र विश्वास छ। हामी एमाले बहुमत आउनेमा ढुक्क छौँ’ उनले भने ।

उनले आगामी निर्वाचनका राष्ट्रिय हितको रक्षा, संविधान र लोकतन्त्रको रक्षा, सामाजिक, आर्थिक, रुपान्तरणको अभियानलाई पुरा गर्ने, संकटग्रस्त अर्थतन्त्रलाई सही बाटोमा ल्याउने र सुशासन मुख्य एजेण्डा लिएर जनताको बिचमा जाने समेत बताए।