काठमाडौं साउन २५ । नेकपा एमालेका नेता डा. भीम रावलले गठबन्धनको सरकार देशको सीमाना रक्षाका लागि उदासिनता देखाएको भन्दै आक्रोस पोखेका छन् । बुधबार काठमाडौंमा नेपाली चलचित्र काँडे तारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘सीमानाका सुस्ता, कालापानी, सन्दुकपुर अतिक्रमणमा परेको छ । ७७ भन्दा बढी ठाउँका सीमाना अतिक्रमणमा परेका छन् । हाम्रो सीमा समयमा नै नियमन नगर्ने हो भने मनमोहन नेतृत्वको सरकारले भारतसँग कतिपय कुरा समयानुसार हुनुपर्छ भनेर राख्दा भारतले स्वीकारेका थियो । तर मलाई आश्चर्य लाग्छ, २०५१/०५२ को नेकपा एमालेको अल्पमतको सरकारले त त्यति कुरा उठाएको थियो भने अहिले कति दल मिलेर बनेको बहुमतको सरकारले किन कुरा नउठाएको ? सीमानाको रक्षाका कुरामा किन बोल्दैनन् । उहाँहरु संवेदनशील हुनुहुन्न् । कालापानीमा विदेशी फौज आएर मातृभूमिको छातीमाथि बुलडोजर चलाउँदा किन नबोलेको ?’
भिडिओ हेर्न तलको लिंक थिच्नुहोस्,















प्रतिक्रिया