काठमाडौं, २४ साउन । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई बालुवाटार पुगेका छन् । आसन्न निर्वाचनको गठबन्धन, चुनावी तालमेल र समसामयिक राजनीतिक विषयमा छलफल गर्न भट्टराई प्रम निवास पुगेका हुन् ।
छलफलमा नेसपाका अर्का अध्यक्ष महेन्द्र यादव पनि सहभागी छन् । जसपाबाट अलग भएको समाजवादी पार्टीलाई पनि सत्तारुढ गठबन्धनमा ल्याउने तयारी गरिएको छ । गठबन्धनको पछिल्लो बैठकमा यसबारे कुरा उठेको थियो ।












प्रतिक्रिया