३ मंसिर २०८३, बिहिबार

छोरीलाई शौचालयको खाल्डोमा फालेर हत्या गर्ने आमासहित दुई जना पक्राउ

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, साउन २२ । स्याङ्जामा हत्या गरेको आरोपमा दुई जना प्रक्राउ परेका छन् ।

प्रहरीले गल्याङ नगरपालिका वडा नम्बर २ ईलुङगाकी २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका १० कुमाल गाउँका २२ वर्षीय केदार कुमाललाई पक्राउ गरेको हो ।

६ महिनाकी छोरीको हत्या गरेको आरोपमा रानासहित कुमाललाई प्रहरीले पक्राउ गरेको हो । श्रीमान् भारतमा रहेको समयमा लक्ष्मी केदारसँग ६ महिने छोरी लिएर भागेको
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

बुहारी घरमा केही नभनी हिडेर हराएपछि लक्ष्मीका ससुराले प्रहरीमा उजुरी गरेको र खोजी गर्ने क्रममा उनि शुक्रबार गल्याङबाट भेटिएको प्रहरीले जनाएको छ ।

घरबाट छोरी लिएर हिडेकी लक्ष्मीका साथमा छोरी नभएपछि अनुशन्धान गर्दै जाँदा उनले पहिले छोरीलाई जंगलमा फालेको बताएकी थिईन। तर, उनी र केदारले ६ महिने छोरीलाई साउन १० गते शौचालयको खाल्डोमा फालेर हत्या गरेको प्रहरीले बताएको हो ।

प्रहरीकाअनुसार लक्ष्मी र केदार केही समयदेखि प्रेम सम्बन्धमा थिए । सोही कारण उनिहरुले ६ महिने नाबालिकाको हत्या गरेको डीएसपी खनालले जानकारी दिए ।

नाबालिकाको शव सडिगलिसकेको अवस्थामा फेला परेको र हाल उक्त शव परिक्षणकालागि पठाईएको प्रहरीको भनाई छ । परिक्षणको रिर्पोट आएपछि मात्रै नाबालिकाको मृत्युको कारण खुल्ने प्रहरी नायब उपरीक्षक खनालले बताए ।