काठमाडौं, २२ साउन – नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले संघीयताबाट जनताले केही फेला नपारेको बताए । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद बास्कोटाले जनतालाई संघियताले ब्यबस्था गरेको सेबासुबिधा दिन सरकारसँग माग गर्दा बिभिन्न आक्षेप लगाउने गरेको बताए ।
उनले भने– ‘यहाँ मैले सुन्न त सुनेँ, संघीयताको बारेमा प्रश्न गरे कान झिकिदिन्छु, आँखा फुटाइदिन्छु भन्ने जस्ता कुरा पनि । हरेक व्यवस्थाहरु के का लागि बन्छन् भन्दा जनतालाई राहत सहुलियत दिन, मुलुकलाई सुशासन दिन, देशको आर्थिक सामाजिक प्रगति गर्न गरिन्छ । कसैले पनि समावेशीताको विरोध गरेको छैन् । तर आन्दोलनमा पनि नउठेको, आन्दोलनकारी जनताको मागपनि नभएको, ल्याउनेलाई थाहा पनि नभएको, अहिले जनताले यो खालको हबिगत भोग्नुपरेको छ ।’ पुलिसलाई भन्दा आठ–नौ सय सांसदलाई सलामी गर्दैमा बित्ने र जनता असुरक्षित रहेको उल्लेख गरे ।











प्रतिक्रिया