३ मंसिर २०८३, बिहिबार

बाबुरामले भने, -‘सके एक्लै लड्छौँ, नसके विचार मिल्ने शक्तिसँग गठबन्धन गर्छौं’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन  – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एक्लै लड्ने या गठबन्धन गर्ने ? भन्ने विषयमा विचार विमर्श गरेर अघि बढ्ने बताएका छन् । नेसपाका पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै भट्टराईले आगामी चुनावी रणनीति तय छलफलबाट नै गर्नुुपर्ने बताएका हुन् ।

‘एक्लै अगाडि बढेर हुन्छ या विचार मिल्ने नजिकका शक्तिसँग मिलेर हुन्छ भन्ने विषयमा विचार विमर्श गरेर जानेछौं । निर्वाचनका निम्ति सम्भव भएसम्मका नजिकका, विचार मिल्ने शक्तिहरूसँग चुनावी तालमेल गठबन्धनका लागि प्रयास गर्नुछ’, उनले भने ।

भट्टराईले नयाँ पार्टीलाई देशव्यापी बनाउनका लागि नेता र कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । स्थानीय तहसम्म नै पार्टीलाई पुर्‍याउन र नयाँ मतदातालाई आकर्षित गर्नुपर्ने उनको भनाइ थियो । निर्वाचनको मुखमा गठन भएको पार्टीले कस्तो प्रदर्शन गर्ला भन्न नसकिने धारणा राख्दै उनले सत्तामात्रै नभएर सदन र सडकबाट पनि समाज परिवर्तनका लागि लाग्न आग्रह गरे ।

जारी केन्द्रीय समितिबाट नेपाल समाजवादी पार्टीलाई वैधानिकता दिइने र मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा कोसँग तालमेल र गठबन्धन गर्ने भन्ने तय हुने भट्टराईले बताए । समावेशिता, सुशासन, समृद्धि हासिल गर्नका लागि आफूले अगाडि सारेको राजनीतिक एजेन्डा नै महत्त्वपूर्ण रहेको उनको दाबी थियो ।