
काठमाडौँ । नेपाल कन्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका नेतालाई ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकोप्रति ६ दलले विरोध जनाएका छन् । शुक्रबार ६ दलले संयुक्त विज्ञप्ती जारी गर्दै सरकारले तीन बुँदे सहमति उल्लंघन गरेर फासिवादी चरित्र देखाएको आरोप लगाए ।
‘विप्लव’ सहित नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला, प्रवक्ता हेमन्तप्रकाश ओलीसहितका दर्जनौँ नेताहरु बिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गत साउन १६ गते ललितपुर जिल्ला अदालतले तत्कालिन नेकपा शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेको हो ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतसहित ६ दलले सरकारको कदमप्रति ध्यानाकषर्ण भएको समेत जनाएका छन् । ती दलले सरकारले तीन बुँदे सहमति कार्यन्वयन गरी बन्दी रिहा र मुद्दा फिर्ता गर्नु समेत आग्रह गरेका छन् ।











प्रतिक्रिया