शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सरकारसँग न्याय माग्‍न सिंहदरबार पुगेका आमाछोरा प्रहरीको नियन्त्रणमा (तस्वीरहरू)

दैनिक नेपाल २०७९ साउन २० गते १३:३३

काठमाडौं, २० साउन । नावालक छोरासहित सिंहदरबारमा न्याय माग्न पुगेकी सोनाली कुमारी सिंह निहारिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार न्यायको माग गर्दै सिंहदरबारको दक्षिण गेटमा अनसन बस्न पुगेकी निहारिकालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले ‘निषेधित क्षेत्रमा अनसन बस्न, विरोध प्रदर्शन गर्न नपाउने’ भन्दै निहारिका र उनको छोरालाई नियन्त्रणमा लिएको हो । महोत्तरीको जलेश्वर नगरपालिका ९ की (निहारिका) यस अघि पनि न्याय माग गर्दै २७ जेठदेखि वसन्तपुरमा आमरण अनसनमा बसेकी थिईन् । सरकारकारसँग पाँच बुँदे सहमति भएपछि अनसन तोडेकी
उनले सरकारले सहमति पुरा नगरेको भन्दै फेरी अनसन बस्न लागेको बताउँछिन् ।

२०७६ कात्तिक ६ गते साँझ नाबालिग हुँदा पीडित युवतीमाथि धनुषाको क्षिरेश्वर नगरपालिका–३ बस्ने शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको र गर्भ बसेको उनले आरोप लगाउँदै आएकी छिन्।

No description available.

No description available.

प्रतिक्रिया
सम्बन्धित