३ मंसिर २०८३, बिहिबार

नेपालमा बढ्यो बाघको संख्या, ३५५ पुग्यो

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । नेपालमा गत ४ वर्षमा १२० बाघ थपिएका छन् । यससँग अब नेपालमा बाघको संख्या ३५५ पुगेको छ ।

विश्व बाघ दिवसको अवसर पारेर सार्वजनिक तथ्यांकअनुसार बाघको संख्या उल्लेख्य मात्रामा बढेको हो ।

सन् २०१८ मा नेपालमा २३५ बाघ थिए । अहिले ३५५ पुगेको छ । सबभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ छन् ।

त्यस्तै, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा छन् । पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ छन् ।