
काठमाडौं, १३ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ ।
अध्यक्ष प्रचण्डलाई भेट्न गृहमन्त्री खाण शुक्रबार बिहान खुमलटार पुगेका थिए ।
उनीहरुबीच नागरिकता विधेयक, संघ र प्रदेश निर्वाचनको मिति घोषणालगायत विषयमा कुराकानी भएको बताइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय निर्वाचनको मिति घोषणाका लागि विभिन्न राजनीतिक दलका नेताहरुसँग राय लिइरहेका छन् । प्रचण्डले नै केही दिन मिति घोषणा नगर्न सुझाव दिएको बताएका थिए ।












प्रतिक्रिया