३ मंसिर २०८३, बिहिबार

झापामा अति भारी वर्षा, सचेत रहन आग्रह

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १३ साउन । गए रातिदेखि झापाका विभिन्न स्थानमा भारी वर्षा भएको छ ।

जिल्लाका शनिश्चरे, चन्द्रगढी, केचना तथा इलाम र झापाको सीमा आसपासलगायतका क्षेत्रमा अति भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले मेची, विरिङ, निन्दा, अदुवाखोलालगायत साना खोलामा बाढीको जोखिम बढेको जनाएको छ ।

महाशाखाले तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले यी स्थानमा पनि सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।