
काठमाडौं, ११ साउन । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दिसहित परिवारमा कोरोना संक्रमण पुष्टि भएको छ ।
समाजिक सञ्जालमार्फत बन्दि पत्नी रक्षा बस्यालले केही दिनदेखि परिवारमा मन्त्रीसहित सदस्यहरुलाई रुघाखोकी लाग्ने, शरिर दुख्ने, ज्वरो समेत आएकोले पीसीआर जाँच गराउँदा कोभिड पोजिटिभ देखिएको जानकारी दिइन् ।
हाल उपचारमा रहेकाले फोन लगायतका सम्पर्क समेत बन्द भएको बस्यालले जनाएकी छन् ।












प्रतिक्रिया