६ कार्तिक २०८३, शुक्रबार

बजेट प्रकरणः जेठ १४ गतेको भिडियो भयो रिकभर, विज्ञसँग छलफल गर्दै समिति

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि बजेटमा गरेको हेराफेरीबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिलाई प्रहरीको फरेन्सिक ल्याबले जेठ १४ गतेको सीसीटीभी फुटेज रिकभर गरेर दिएको छ ।

गत जेठ १४ गते मध्यराति अनाधिकृत व्यक्तिहरुलाई सिंहदरबार घुसाएर बजेटमा करको दर हेरफेर गराएकोबारे अध्ययन गरिरहेको समितिले अर्थमन्त्रालयको सीसीटीभीको फुटेज रिकभरीका लागि परेन्सिक ल्याबमा पठाएको थियो ।

ल्याबले सोमबार समितिलाई बुझाएको रिपोटमा जेठ १४ गतेको भिडियो फुटेज रहेको बताइएको छ ।

यद्यपि भिडियोमा मान्छे चिन्ने अवस्था नभएपछि समितिले फरेन्सिक विज्ञहरुसँग आजै अपरान्ह ४ बजे छलफल गर्ने भएको छ ।

जेठ १४ गतेको भिडियो रिकभर भएको तर विज्ञको थप आवश्यकता रहेको भन्दै विज्ञहरुसँग छलफल गरिने समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले जानकारी दिएका छन् ।