३ मंसिर २०८३, बिहिबार

संसदीय समितिले भिडियो फुटेजबारे फरेन्सिक विज्ञसँग परामर्श गर्ने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । बजेट निर्माणमा अनधिकृत व्यक्तिबाट करको दर हेरफेर गराइएकोबारे गठित संसदीय विशेष छानबिन समितिले प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त भिडियो रिपोर्टबारे विज्ञहरुसँग परामर्श गर्ने भएको छ ।

प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त भिडियो फुटेजबारे विज्ञहरुसँग परामर्श गर्ने भएको छ ।

समितिको आज विहान बसेको बैठकमा समिति सदस्यहरुले प्रहरीबाट प्राप्त अर्थ मन्त्रालयको सीसीटीभी फुटेज हरेका थिए । त्यसपछि बैठक आजै अपराह्न चार बजे बस्ने गरी स्थगित गरिएको छ ।

बैठकपछि समितिका सचिव सुरेन्द्र अर्यालले फरेन्सिक ल्याबसँग सम्बन्धित विज्ञहरुसँग परामर्श गर्ने जानकारी दिए ।