
काठमाडौं, ९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले आफ्नो शल्यक्रिया गरेको बताएकी छन् ।
सत्तारुढ दल नेपाली कांग्रेसकी नेतृ समेत रहेकी आरजुले सोमबार सामाजिक सञ्जालमार्फत दिल्लीस्थित म्याक्स अस्पतालमा आफ्नो शल्यक्रिया गरिएको जानकारी गराएकी हुन् ।
उनले शल्यक्रियामा संलग्न चिकित्सकहरुलाई धन्यवाद दिँदै फोटो समेत राखेकी छन् ।
यद्यपि उनले केको शल्यक्रिया गरिएको भन्ने चाहीँ खुलाएकी छैनन् । निकट स्रोतका अनुसार उनको पाठेघरको क्यान्सरको आशंकामा परीक्षण गरिएको बताइएको छ । तर क्यान्सर पुष्टि नभएको बताइएको छ ।
तर चिकित्सकको सल्लाहअनुसार आरजुको पाठेघर निकालिएको बताइएको छ ।
पछिल्लो समय पटकपटक दिल्ली गइरहेकी आरजुको शल्यक्रियाको खबर सोमबार बाहिरिएको हो ।












प्रतिक्रिया