५ कार्तिक २०८३, बिहिबार

यातायातमन्त्री राईको गाडीलाई ट्राफिक कारवाही

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको गाडी ट्राफिक कारवाहीमा परेको छ ।

राईले प्रयोग गर्दै आएको गाडी पार्किङ निषेधित क्षेत्रमा रोकेपछि ट्राफिक प्रहरीले जरिवानाको चिट कटाएको हो ।

ललितपुरको जावलाखेलमा ट्राफिक नियम उल्लंघन गर्दै बा २२ च २५८३ नम्बरको गाडी पार्किङ गरेपछि ट्राफिक प्रहरीले जरिवाना तिराएको हो । ट्राफिक प्रहरी अधिकृतका अनुसार त्यो गाडी मन्त्री राईको भएको बताए ।

नो पार्किङमा त्यो पनि अपोजिट दिशामा फर्काएर राखेपछि चिट काटिएको ट्राफिक प्रहरीले जनाएको छ ।

यद्यपि कारवाहीको समयमा मन्त्री राई गाडीमा भए नभएको बताइएको छैन ।