
काठमाडौं, ८ साउन । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेश हुनेछ ।
त्यसैगरी, कारागार विधेयक, २०७६ छलफलका लागि पेश हुने र कारागार विधेयक पारितका लागि प्रस्ताव गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
त्यस्तै, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव पनि आजको बैठकमा पेश हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
कार्यसूचीः













प्रतिक्रिया