३ मंसिर २०८३, बिहिबार

प्रधानमन्त्री देउवाद्वारा नवनिर्वाचित भारतीय राष्ट्रपति मुर्मूलाई बधाई

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूलाई बधाई दिएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू र नेपाल सरकारको तर्फबाट मुर्मूलाई भारतको १५ औँ राष्ट्रपति निर्वाचित भएकोमा बधाई दिएका छन् । उनले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध आगामी दिनमा झन् नयाँ उचाईमा पुग्ने पनि विश्वास व्यक्त गरेका छन् ।