
काठमाडौं, ५ साउन । संसदीय विशेष छानबिन समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग ३ घण्टा बयान लिएको छ ।
बिहीबार बिहान ८ बजेदेखि सुरु बयान भर्खरै सकिएको हो । समितिले सोधेको प्रश्नको जवाफमा शर्माले अनाधिकृत व्यक्तिहरुबाट बजेटमा करको दर हेरफेर नगरेको स्पष्टोक्ति दिएका छन् ।
यद्यपि उनले पत्रकारसँग बयानका बारेमा प्रतिक्रिया भने दिएनन् । उनले संक्षिप्त रुपमा भने, ‘मैले उहाँहरुले सोधेका प्रश्नको जवाफ दिएको छु, बाँकी कुरा उहाँहरुले भन्नुहुन्छ ।’
गत जेठ १४ गते राति अनाधिकृत व्यक्तिहरुलाई अर्थ मन्त्रालयमा प्रवेश गराई बजेटमा करको दर हेरफेर गरेको समाचार प्रकाशित भएपछि चौतर्फी विरोध भएको थियो । जसका कारण शर्माले पदबाट राजीनामा दिएका थिए । समितिले त्यही विषय र मन्त्रालयलको सीसीटीभी फुटेज डिलेट भएको सम्बन्धनमा अध्ययन गरिरहेको छ ।















प्रतिक्रिया