
काठमाडौं, ५ साउन । अब आफ्ना आमाबाबुको हेरचाह नगरे सम्पत्ति जफत हुने भएको छ ।
संघीय संसदले ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक पारित गरेको छ ।
राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक वुधबार प्रतिनिधिसभा बैठकले पारित गरेको हो ।
विधेयकले आमाबुबाको सन्तानले दायित्व पूरा नगरे पैतृक सम्पत्तिको अधिकार अन्त्य गर्ने, स्थानीय तहले हेरचाहको जिम्मेवारी लिने वा हेरचाह गर्ने नातेदार वा हकवालालाई सम्पत्ति हस्तान्तरण गर्ने व्यवस्था गरेको छ ।
स्थानीय तह हेचाह गरे सम्पत्ति स्थानीय तहको स्वामित्वमा जानेछ । हकवाला र नातेदारले हेरचाह नगरेमा ज्येष्ठ नागरिकको संरक्षणको दायित्व स्थानीय तहलाई दिइने विधेयकमा उल्लेख छ ।
यद्यपि पालनपोषण, हेरचाह, शिक्षादीक्षा र अभिभावकत्व नपाएका सन्तानलाई आमाबुबाको हेरचाह बाध्यकारी हुनेछैन ।












प्रतिक्रिया