३ मंसिर २०८३, बिहिबार

एमालेको वागमती प्रदेशस्तरीय प्रशिक्षण सुरु, अध्यक्ष ओलीले सम्बोधन गर्ने

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । नेकपा (एमाले) वागमती प्रदेश स्तरीय वृहत भेला तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

मंगलबार विहान ११ बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा भेला सुरु भएको हो । प्रशिक्षणमा केपी शर्मा ओली प्रमुख अतिथिका रुपमा रहेका छन् भने मुख्य प्रशिक्षकको रुपमा वरिष्ठ उपाध्यक्ष ईश्वर पाखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेता काशीनाथ अधिकारीलगायत रहेका छन् ।

प्रशिक्षणमा वागमती प्रदेशभित्र कार्यक्षेत्र भएका केन्द्रिय सदस्यहरु (जिल्ला इन्चार्ज र सहइन्चार्ज), प्रदेश कमिटीका पदाधिकारीसहित सम्पूर्ण सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, वागमती प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यहरु, जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखहरु, सम्पूर्ण पालिकाका निर्वाचित प्रमुख र उपप्रमुखहरु, सम्पूर्ण पालिकाका पार्टी कमिटीका अध्यक्षहरु, सम्पूर्ण जनसंगठनका बाग्मती प्रदेश भित्र कार्यक्षेत्र भएका मात्रै केन्द्रिय पदाधिकारीहरु, सम्पूर्ण जनसंगठनका बाग्मती प्रदेश कमिटीका अध्यक्षहरु, वागमती प्रदेशभित्र कार्यक्षेत्र भएका सम्पर्क समन्वय कमिटीका केन्द्रिय पदाधिकारीहरु,सम्पर्क मंच बाग्मती प्रदेश कमिटी पदाधिकारीहरु र जिल्ला अध्यक्षहरु र राष्ट्रिय महाधिवेशनमा बाग्मती प्रदेश अन्तर्गतका जिल्लाहरुबाट सहभागी प्रतिनिधिहरु छन् ।