
काठमाडौं, ४ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाली राजनीतिमा अवसरवाद र अराजकतावाद मौलाउँदै गएको संकेत गर्दै सुधार ल्याउन जोड दिनुपर्ने तर्क गरेका छन् ।
बुधबार सामाजिक सन्जालमा लेख्दै पोखरेलले यस्तो प्रवृत्तिको अन्त्यका लागि प्रशिक्षण र संगठनात्मक काममा जोड दिनुपर्ने तर्क गरेका हुन् ।
उनले समाजिक सन्जालमा लेखेका छन्, `विचारधारात्मक कामको अभावमा अवसरवाद र संगठनात्मक कामको अभावमा अराजकतावाद मौलाउने गर्दछ । प्रशिक्षण र संगठनात्मक काममा जोड देउ ।´















प्रतिक्रिया