
काठमाडौं, ४ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोनाभाइरस संक्रमण देखिएको छ ।
मंगलबार गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना पुष्टि भएको हो ।
आइतबारदेखि नै रुघा, खोकी तथा ज्वरो आएपछि उनले चिकित्सकको परामर्श लिएका थिए ।
उनी सरकारी निवासमै स्वास्थ्य लाभ गरिरहेका छन् ।












प्रतिक्रिया