
मोरङ, ३ साउन । मोरङको बेलबारी नगरपालिका– १० को सिर्जना सामुदायिक जंगलमा एक महिलाको शव भेटिएको छ ।
मंगलबार दिउँसो निगुरो टिप्न गएका महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवको पहिचान खुलिनसकेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजन कार्कीले जनाएका छन् ।
शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
निलो–सेतो रङ्गको बुट्टे कुर्ता र रातो–कालो धर्का भएको सलवार लगाएकी महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया