५ कार्तिक २०८३, बिहिबार

जनार्दन शर्मामाथि छानबिन गर्ने समितिले सीसीटीभी फुटेज रिकभर गर्ने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले मन्त्रालयको सीसीटीभी फुटेज रिकभर गर्न नेपाल प्रहरी अन्तर्गतको फरेन्सिक ल्याबमा पठाउने भएको छ ।

जेट १४ गते मध्यान्हमा बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपमाथि छानबिन गरिरहेको समितिले सीसीटीभी फुटेज रिकभर गर्न लागेको हो ।

अर्थ मन्त्रालयले पठाएको हार्डडिस्कमा असारको मात्रै फुटेज भेटिएको छ । १३ दिनको मात्र फुटेज रहने र अरु क्रमशः मेटिँदै जाने अर्थ मन्त्रालयले छानबिन समितिलाई जानकारी गराएको छ ।

समितिले भने डिलेट भएको फुटेज कसरी रिकभर गर्ने भनेर प्रहरीको साइबर ब्यूरो र इन्जिनियरिङ अध्ययन संस्थानका विज्ञसँग सुझाव लिएको थियो ।

विज्ञहरुले डिलिट भएको सीसीटीभी फुटेज रिकभर हार्डडिक्सको अवस्थामा भरपर्ने भन्दै प्रहरीको फरेन्सिक ल्याबमा पठाउन सुझाव दिएका थिए । प्रक्रियागत रुपमा सीसीटीभी फुटेज रिकभरीका लागि फोरेन्सिक ल्याबमा पठाइएने समितिले जनाएको छ ।