३ मंसिर २०८३, बिहिबार

पत्रकार कोइराला कियाचु जापान पत्रकारिता पुरस्कारबाट सम्मानित

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । किरात याक्थुङ चुम्लुङ, जापान पत्रकारिता पुरस्कार –२०२२ बाट जापानमा सकृय पत्रकार आनन्द कोइराला सम्मानित भएका छन् ।

पत्रकार कोइराला सिसेःक्पा तङ्नाम तथा मुक्कुम्लुङमा स्मारिका विमोचन समारोहमा यसै वर्ष सुरू गरिएको पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् ।

उनलाई नगद दश हजार येनसहित सम्मान गरिएको हो । त्यस्तै जनजाति पत्रकार महासंघ जापान फोनिजका अध्यक्ष फुर्वा शेर्पालाई पनि नगद सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एनआरएनए आईसीसी उपमहासचिव ओम गुरूङ तथा किरात याक्थुङ चुम्लुङ जापानका अध्यक्ष सुदिप पालुङवाले सयुक्त रूपमा पत्रकारद्वयलाई सम्मान गरेका थिए ।

आइतबार जापानको राजधानी टोकियोको ओकुबोस्थित नेवाः डाइनिङको सभाहलमा आयोजित कार्यक्रममा संस्थाद्वारा प्रकाशित स्मारिका विमोचन गर्न लागिएको थियो ।

विमोचन समारोहमा प्रमुख अतिथि, संस्थाका अध्यक्ष, संस्थापक अध्यक्ष रिद्दी बहादुर तुङवाहाम्फे, जनजाति महासंघ जापानका अध्यक्ष संजीव चाम्लिङ राई, मगरसंघ जापानका अध्यक्ष ओम काउछा मगर, तमुधी जापानका उपाध्यक्ष चित्र गुरूङ, पूर्वी नेपाल बिकास सहकार्य केन्द्र जापानका सचिव भूवन निरौला, किरात राई यायोक्खाका उपाध्यक्ष प्रमिला राई लगायत अतिथिहरूले संयुक्त रूपमा गरेका थिए ।

त्यसैगरि लिम्बुवानको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक आस्थाको केन्द्र मुक्कुम्लुङ परिसरमा किरात याक्थुङ चुम्लुङ, जापानले करिब पैतीस लाख लागतमा ‘मुक्कुम्लुङ केलाःङ निङ्वासो’ (च्याब्ब्रुङ स्तम्भ) निर्माण गरेको विषयमा विशेष जानकारी गराईएको थियो ।

कार्यक्रममा साक् नाःप्मा थिम्बेसँगै याक्थुङ जातिको मौलिक सांस्कृतिक नाच या?लाःङ र केलाःङ प्रस्तुतीमा सहभागिहरूले तालि बजाएर साथ दिएका थिए ।

यस्तै विभिन्न कलाकारहरूबाट मनोरञ्जनात्क गीत तथा नृत्य समेत प्रस्तुती दिएका थिए । कियाचु जापानका उपाध्यक्ष मनकुमार तुम्साको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको संचालन महासचिव मुक्साम लाओतीले गरेका थिए ।