३ मंसिर २०८३, बिहिबार

मोदीसँग किन भेट भएन थाहा छैनः प्रचण्ड

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग किन भेट भएन भन्ने आफूलाई थाहा नभएको बटताएका छन् ।

तीन दिने भारत भ्रमण पश्चात आइतबार स्वदेश फर्कने क्रममा प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै मोदीसँगको भेट अन्तिम समयमा रद्द भएको बताए ।

‘एक बजेदेखि प्रधानमन्त्री मोदीसँग भेट हुन्छ भन्ने थियो,’ प्रचण्डले अघि भने, ‘एक बज्न लागेपछि हतार गरेर निस्कियौं । होटल जाने क्रममा अहिले सम्भव भएन भन्ने आयो । किन हो भन्ने तपाईंहरु जस्तै मलाई पनि थाहा छैन ।’

प्रचण्डले भने, ‘के कारण लास्ट आवरमा भएन, मलाई पनि थाहा छैन । तर मलाई त्यसले केही टेन्सन भएको छैन ।’

उनले थपे, ‘किनभने भन्नुपर्ने, गर्ने कुराहरु भारतको नेतृत्व, बीजेपीको नेतृत्वसँग पर्याप्त भएकाले भेट्ने र फोटो खिच्ने त हुन्थ्यो होला, त्यो भन्दा बढी त समय थिएन ।’