
काठमाडौँ, १ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ परीक्षणमा १३५ जनामा संक्रमण भएको हो । त्यस्तै, एक जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ४३९ पुगेको छ । त्यस्तै, यस अवधिमा ५९ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म कुल संक्रमितको संख्या ११ लाख २२ हजार ३३६ पुगेको छ ।
त्यस्तै, मृत्यु हुनेको संख्या ११ हजार ९५३ पुगेको छ भने ९ लाख ६८ हजार १६ जना संक्रमणमुक्त भएका छन् ।












प्रतिक्रिया