
काठमाडौँ, १ साउन । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।
इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पठाएको नयाँ मूल्यमा पेट्रोलको मूल्य साढे १५ रुपैयाँ प्रतिलिटर र डिजेलको मूल्य साढे १६ रुपैयाँ प्रतिलिटर घटेर आएको हो ।
नेपाल आयल निगमका अनुसार आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाउँदै आएको छ ।
विश्व बजारमा तेलको मूल्य घटेर १०० डलर प्रतिब्यारेलमा आइपुगेपछि नयाँ मूल्यसूची घटेर आएको हो ।
तर नेपालमा भने तत्काल पेट्रोलियम पदार्थको बिक्री मूल्य भने नघट्ने आयल निगमले जनाएको छ ।












प्रतिक्रिया