
काठमाडौँ, ३२ असार । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार केही महत्त्वपूर्ण सन्दर्भमा असफल भएको बताएका छन् ।
शनिबार केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
उनले केपी ओलीले जस्तै वर्तमान सरकारले प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रित गरेको आरोप लगाए ।
त्यस्तै, सरकारलाई उनले अर्थतन्त्रबारे सरकारले श्वेत पत्र जारी गर्न सुझाव दिए । उनले भने, ’एकातर्फ हामीले घरेलु जीवनलाई व्यवस्थित र सुदृढ गर्दै आगामी निर्वाचनको तयारी गर्नुछ, अर्को तर्फ के नेपाल श्रीलङ्का बन्दैछ भन्ने मनोवैज्ञानिक त्रासलाई पनि चिर्नु छ । प्रमुख दलका रूपमा नेपाली काँग्रेसको कर्तव्य हो, जनतालाई ढाडस दिने, आशा जिवित राख्ने, विश्वासमा लिने । त्यसैले सरकारले आजको समग्र अर्थतन्त्रबारे श्वेत पत्र जारी गरेर जनता समक्ष सत्यतथ्य राख्नुपर्छ र जनतामा विश्वास जागृत गर्नुपर्दछ ।’
त्यस्तै, सरकारका आलोचनापछि महामन्त्री शर्माले सरकार खोप, एमसीसी र स्थानीय चुनावमा सफल रहेको दावी गरे ।












प्रतिक्रिया