५ कार्तिक २०८३, बिहिबार

जसपामा फेरि बिद्रोह, केन्द्रीय नेतासहित ४६९ जनाद्वारा पार्टी परित्याग

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, ३२ असार । जनता समाजवादी पार्टी (जसपा) मा फेरि विद्रोह भएको छ ।

केन्द्रीय सदस्यसहित प्रभावशाली नेताहरूले पार्टी परित्याग गरेका छन् । केन्द्रीय सदस्यद्वय वीरेन्द्र यादव र टेक बहादुर शाक्यसहित पर्सा क्षेत्र नम्बर ४ का ६९ जना नेताहरूले पार्टी परित्याग गरेका हुन् ।

जसपाका केन्द्रीय सदस्यद्वय यादव र शाक्य, प्रदेश सदस्य सलाउदिन अहमद, क्षेत्रीय अध्यक्ष लालबाबु साह, जिल्ला सदस्यहरू कृष्णमोहन यादव, राजवली यादव, प्रदीप चौधरी, चन्द्र नेवार, शोभा यादव, सत्यदेव प्रसाद यादव, कुमारी लामा तामाङ गरी ६९ जना रहेका छन् ।

वीरगञ्जमा शनिबार पत्रकार सम्मेलन गरेर उनीहरूले जसपाको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको बताए ।

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य यादवले पार्टी स्वेच्छाचारी र एकलौटी ढंगले सन्चालन गरिएको, पार्टीको नीति प्रति नेतृत्व तह स्पष्ट नभएको, पार्टीमा ठेकेदार र भ्रष्टचारी हाबी भएकोले आफूहरूले सामूहिक रूपमा राजीनामा दिएको बताए ।