
पर्सा, ३२ असार । कालिकामाई गाउँपालिकामा झडप जनता समाजवादी (जसपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।
गाउँसभा स्थगित भइसकेपछि पनि शुक्रबार दिउँसो दुई पक्षबीच झडप भएको हो ।
झडपमा वडा नं ३ का अध्यक्ष सञ्जयकुमार पटेलसहित ५ जना घाइते भएका छन् । उनीहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । वडा अध्यक्षको गालामा चोट लागेको छ । भित्र र बाहिर गरी पाँच वटा टाँका लागेको नारायणी अस्पतालले जनाएको छ ।
त्यसैगरि वडा नं ४ बस्ने अन्दाजी ७० वर्षीय महम्मद गफार मिया, ४० वर्षीय महम्मद एकबाल मिया, ४५ वर्षीय अकबर मिया र ३१ वर्षीय विजय चौरसिया घाइते भएका छन् । घाइतेमध्ये महम्मद मियाको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।
प्रहरीले घटनामा संलग्न आरोपमा ५५ वर्षीय ध्रुव साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शुक्रबार दिउँसो २ बजेतिर कालिकामाईको आठौं गाउँसभामा सुरु गर्न लागिएको थियो । सभामा उपाध्यक्ष राजमति बरैनी, वडा नं २ का अध्यक्ष सोनालाल चौरसिया, वडा नं ४ का अध्यक्ष सञ्जय साह गोढ लगाउत २९ जना सदस्य पुरै सहभागी भएका थिए ।












प्रतिक्रिया