३ मंसिर २०८३, बिहिबार

प्रचण्डले मोदीलाई भेट्दै, यस्तो छ कार्यसूची

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडौँ, ३२ असार । भारत भ्रमणका लागि शुक्रबार प्रस्थान गरेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेका छन् ।

प्रचण्डले भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डासँग भाजपा मुख्यालयमा भेटवार्ता गर्नेछन् ।

त्यस्तै, आजै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशङ्करसँग छुट्टाछुट्टै भेट्ने तय भएको छ ।

त्यस्तै, आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेर स्वदेश फर्कने उनको कार्यसूची रहेको छ ।