३१ आश्विन २०८३, शनिबार

पूर्वमन्त्री रेणु यादवले छोडिन् जसपा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, असार ३० । जनता समाजवादी पार्टी (जसपा)की कार्यकारिणी सदस्य रेणुकुमारी यादवले पार्टी परित्याग गरेकी छन् ।

उनले व्यक्तिगत कारण देखाउँदै पार्टीका सबै जिम्मेवारीबाट अलग रहेको घोषणा गरेकी हुन् ।

उनले अध्यक्ष उपेन्द्र यादवलाई पत्र लेख्दै भनेकी छन्, ‘वर्तमान अवस्थामा व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्न सक्ने अवस्था नरहेकोले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु, तसर्थ आजकै मितिदेखि लागू हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु ।’

यसअघि उनी भौतिक पूर्वाधार मन्त्री रहेकी थिइन् ।