३१ आश्विन २०८३, शनिबार

१५ अंकले बढ्यो सेयर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असार । साताको चौथो कारोबार सेयर बजार १५ अंकले बढेको छ । बिहीबार बजार परिसूचक १४.७१ अंक बढेको छ। अघिल्लो दिनको कारोबारमा ६० अंकले बढेको बजार सोही क्रमलाई पच्छ्याउँदै आजको कारोबारमा पनि सकारात्मक रह्यो।

बजार परिसूचक १५ अंक बढ्दा समग्र बजार परिसूचक २००१.५३ अंकमा उक्लिएको छ। बिहीवार २२० कम्पनीका सेयर कारोबारमा बजार परिसूचक ०.७४ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको मापक परिसूचक १.७७ अंक बढेर ३८३.१३ मा उक्लिएको छ।