३१ आश्विन २०८३, शनिबार

विराटनगरको नाङ्लो रेष्टुरेन्टमा आगलागी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ३० असार। विराटनगरको तीनपैनी चोकमा रहेको नाङ्लो रेष्टुरेन्टमा आगलागी भएको छ । बिहीबार दिउँसो रेष्टुरेन्टमा आगलागी भएको हो ।

आगलागीका कारण रेष्टुरेन्ट पूर्णरूपमा जलेको प्रहरीले बताएको छ । आगोले रेस्टुरेन्ट नजिक रहेको प्रतिनिधि सभा सदस्य मोति दुगडको घरमासमेत सामान्य क्षति पुगेको छ ।

आगो नियन्त्रणमा आए पनि क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दियो ।