३१ आश्विन २०८३, शनिबार

गोरखा नगरपालिकामा आज सार्वजनिक बिदा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, ३० असार । गोरखाको गोरखा नगरपालिकाले नगरसभा सञ्चालन गर्न बिहीबार सार्वजनिक बिदा दिएको छ ।

आज १० औँ नगरससभा सञ्लान गर्नुपर्ने भएको भन्दै नगरपालिका एवं नगर अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरपालिकाले सूचनामार्फत जनाएको छ ।

नगरपालिकाका अधिकृत चेतप्रसाद अंगाइले जारी गरेको सूचनामा भनिएको छ, ‘नगरसभा २०७९।०३।३० गते बिहीबारको दिन सञ्चालन हुने भएको हुँदा उक्त दिन कार्यालयअन्तर्गतका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरू सो कार्यक्रममा सहभागी हुने भएकोले नगरपालिका कार्यालय र मातहतका सबै वडा कार्यालयहरूको सेवा प्रवाह बन्द हुने व्यहोरा सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’