
गोरखा, ३० असार । गोरखा बजारमा एक युवक मृत भेटिएका छन् । गोरखा नगरपालिका–८ आलेगाउँका २४ वर्षका अनिश आलेमगर मृत भेटिएका हुन् ।
आज बिहान खोलखोलेबाट गोरखा नगरपालिकाको कार्यालय जाने सडकको नालीमा आलेको शव भेटिएको हो । उनको हत्या भएको हुनसक्ने एसपी केदार खनालले बताउनुभयो ।
शरीरको विभिन्न भागमा चोट पटक देखिएकाले हत्या गरिएको आशङ्का गरिएको र अनुसन्धानका लागि केहीलाई नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।















प्रतिक्रिया