
काठमाडौँ, ३० असार । साप्ताहिक कारोबारको पाँचौ दिन (बिहीबार) भने नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य बढेको छ। पछिल्लो समय लगातारजसो घटिरहेको सुनको मूल्य बिहीबार भने तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा ३०० रुपैयाँले बढेर बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ पुगेको छ।















प्रतिक्रिया