
काठमाडौँ, ३० असार । कास्कीको अन्नपूर्ण गाउँपालिका– ७ स्थित जंगलमा एक पुरुष र महिला मृत भेटिएका छन् ।
बनेपाकी सुदिना कर्माचार्य र दिवाकर थापा एउटै डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका डीएसपी सुन्दर तिवारीले जनाएका छन् ।
उनका अनुसार अन्नपूर्ण गाउँपालिका– ७ स्थित पानी खाल्टी गौडा भन्ने उनीहरुको शव भेटिएको हो ।
जंगलको अँगेरीको रुखको हाँगामा एउटै डोरीमा नाइलनको डोरीको पासो लगाई झुण्डिएको उनीहरु भेटिएका हुन् ।
प्रहरीकाअनुसार उनीहरु दुवै जना विवाहित हुन ।
दिवाकरकी श्रीमती अध्ययनका लागि अष्टेलियामा छिन् भने सुदिनाको श्रीमान बनेपामै रहेका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार विवाहेत्तर सम्बन्धका कारणले दुवै जनाले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ ।
यद्यपी मृत्यको कारण भने खुल्न नसकेको प्रहरीको जनाएको छ । उनीहरुको शव पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमपछि आफन्तले जिम्मा लिएका छन् ।















प्रतिक्रिया