
काठमाडौँ, ३० असार । काठमाडौँको नागार्जुन नगरपालिका–८ भीमढुङ्गास्थित हर्साखोलामा चितुवाले घरभित्रै पसेर आक्रमण गर्दा एकै घरका पाँच जना घाइते भएका छन् ।
हर्सनखोला बस्ने ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा पसि गएराति चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।
अहिले घाइते पाँचै जना काठमाडौंको मनमोहन अस्पतालमा उपचाररत छन् ।
उनीहरु बोल्न सक्ने अवस्थामा रहेका बताइएको छ ।















प्रतिक्रिया