३१ आश्विन २०८३, शनिबार

गरिमा विकास बैंकद्वारा काठमाडौं र स्याङ्गजामा विभिन्न सामाग्री हस्तान्तरण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असार । गरिमा विकास बैंकले काठमाडौंको माछापोखरी शाखाको समन्वयमा कामपा १६, बसन्तनगर, तारकेश्वर धाममा क्रियापुत्री घर/कम्पाउण्डमा आवश्यक १०० लिटरको १० थान र ३२ लिटरको २० थानगरि जम्मा ३० थान डस्बीन हस्तान्तरण गरेको छ ।

त्यस्तै, स्याङ्गजाको वालिङ्ग शाखाको समन्वयमा वालिङ्ग वहुमुुखी क्याम्पसलाई यस विकास बैंकका पूर्व अध्यक्ष दिलिप प्रताप खाँणबाट २० थान स्टान्ड फ्यान हस्तान्तरण गरिएको छ ।

हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।