
काठमाडौँ, २९ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मानव अधिकार आफ्नो आदर्श भएको बताएका छन् ।
मानव अधिकार एलायन्सको कार्यक्रममा बुधबार ओलीले अघि भने, ‘मानव अधिकार मेरो आर्दश हो । मेरो निष्ठा हो । मेरो उद्देश्य हो । मेरो गन्तव्य हो । मेरो यात्रा हो । र, मेरो पुग्ने गन्तव्य हो ।’
त्यस्तै, अध्यक्ष ओलीले आफू कहिल्यै पनि मानव अधिकार उल्लंघन नगरेको बताए ।
आफू गृहमन्त्री, परराष्ट्रमन्त्री र प्रधानमन्त्रीसमेत चलाएको आएको भन्दै उनले मानव अधिकार उल्लंघन नगरेको र अब उल्लंघन पनि नगर्ने बताए ।
‘मैले गृहमन्त्री समेत सम्हालेर प्रधानमन्त्रीसमेत सम्हालेर आएको, चलाएर आएको किन भनेको भने त्यसो भएर पनि मैले मानव अधिकारको अहिलेसम्म उलंघन गरेको छैन’ उनले भने, ‘मैले मानव अधिकारको उलंघन गरेको छैन । र, मानव अधिकारको उलंघन गर्दिन ।’
ओलीले राजनीति विकृत भए मानव अधिकार उलंघनको घटना बढेर जाने पनि बताए ।
‘त्यसकारण आफूलाई पवित्र सुनपानीले धोएको, दुवोपानी छर्किएको मानव अधिकारवादी कसैले ठानेर हामीलाई चाँही मानव अधिकारको उलंघनकर्ता ठान्ने भूल गर्छ भने त्यो भूल हो ।’















प्रतिक्रिया