
२०३४ सालमा स्वर्गीय दामोदर समशेर जबराको अध्यक्षतामा नेपाल बाघचाल तथा बुद्धिचाल संघ स्थापना भई खेलकुद ऐन २०४८ बमोजिम स्वर्गीय नारायणकृष्ण जोशीको अध्यक्षतामा २०४८ सालमा नेपाल बुद्धिचाल संघको स्थापना भएको हो ।
त्यसपछि अनिरुद्ध जोशी, सिताराम अग्रहरी, हिराबहादुर स्थापित, स्व. राजेशहरी जोशी तथा एकालाल श्रेष्ठले विभिन्न कालखण्डमा नेतृत्व प्रदान गरेको नेपाल बुद्धिचाल संघको असार २४ देखि सुरु भई असार २७ गते सम्पन्न भएको सातौँ साधारणसभा एवं निर्वाचनले विदुरप्रसाद गौतमको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिले आगामी ४ वर्षे कार्यकालमा प्राथमिकता दिने कार्यक्रमहरुबारे जानकारी गराएको छ ।
आगामी योजनाहरुः
- चेस खेललाई ग्रासरुटसम्म पुर्याउने ।
- सर्वाधिक अन्र्तराष्ट्रिय सहभागीता जनाउने खेल संघको रुपमा भएको पहिचान कायम गर्ने ।
- सक्दो धेरै फिडेका अफिसियल प्रतियोगिता आयोजना गर्ने ।
- क्यालेण्डरको निर्माण गरी सबै खाले राष्ट्रिय प्रतियोगिताहरुको नियमित आयोजना गर्ने ।
- १ महिना भित्र संघको आफ्नै कार्यालय स्थापना गर्ने ।
- संघको अफिसियल वेभसाईट १ हप्ता भित्र संचालनमा ल्याउने ।
- मिसन आईएम प्रोजेक्ट लन्च गर्ने ।
- चेस ईन स्कुल प्रोगाम पुनः शुरु गर्ने ।
- हाल ५० जिल्लामा कायम रहेको संघको स्वरुपलाई १ वर्षभित्र ७७ वटै जिल्लामा विस्तार गरिनेछ ।
- २०७६ सालमा नै ७ वटै प्रदेशको संरचना बनिसकेको अवस्थामा मधेश प्रदेश बाहेकका ६ वटा प्रदेश खेलकुद परिषद तथा बोर्डमा प्रदेश संघहरु दर्ता प्रक्रियामा गईसकेका छन् ।
- ४ वर्षे कार्यकालमा सकभर सबै पालिकामा बुद्धिचाल संघ गठन गरिसक्ने ।
- खेलाडी संरक्षण कोषको स्थापना गर्ने ।
- खेलाडी, आर्विटर, ट्रेनर तथा अर्गनाईजरलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने ।















प्रतिक्रिया