३१ आश्विन २०८३, शनिबार

नेप्सेमा ५९ अंकको उत्साह, २ अर्बको कारोबार

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असार । वुधबार सेयर बजारमा उत्साह छाएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक ५९ अंकले बढेको छ । मंगलबार ११ अंकले बढेको थियो । आजको दिनमा ५९.५४ अंकले बढेर नेप्से सूचक १९८६.८२ अंकमा पुगेको हो ।

त्यस्तै, आज २ अर्ब ४ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज १३ वटै उपसूचक धनात्मक भएका छन् ।

सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ६.९६ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंक समूह ६.२५ प्रतिशतले, ट्रेडिङ ५.३९ प्रतिशतले, अन्य उपसूचक ४.७२ प्रतिशतले, हाइड्रोपावर समूह ४.७१ प्रतिशतले र म्युचुअल फन्ड समूहको उपसूचक ४.१८ प्रतिशतले बढेको छ ।