
काठमाडौँ, २९ असार । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भुसालले पार्टीको विभागमा कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति नरहेको स्पष्ट पारेका छन् ।
मंगलबार विभागको सदस्यमा खोटाङका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रहेको भनेर सत्तारुढ दलबाट भ्रम फैल्याइएपछि भुसालले एम. अधिकारी गभर्नर नभएको सार्वजनिक रुपमा स्पष्टिकरण दिएका हुन् ।
त्यस्तै, मंगलबार नै गभर्नर अधिकारीले आफू कुनै पनि राजनीतिक दलमा आवद्ध नरहेको र नाम संयोगले मिल्न गएको स्पष्ट पारेका थिए ।
भुसालले लेखेका छन्ः
म प्रमुख रहेको नेकपा (एमाले), अर्थ तथा योजना विभागमा गभर्नर महाप्रसाद अधिकारीको संलग्नता बारे मसँग समेत धेरै जनाले चासो र जिज्ञासा राख्नुभएको छ ।
प्रथमतः, स्वयम् गभर्नर महाप्रसाद अधिकारीले ‘कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफु नभएको’ स्पष्ट पारिसक्नुभएको छ ।
दोस्रो, हाम्रा कमिटी र विभागहरूमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरू रहने वैधानिक व्यवस्था पनि नभएको कुरा जानकारी गराउन चाहान्छु ।















प्रतिक्रिया