३१ आश्विन २०८३, शनिबार

जनार्दन शर्माका एकपछि अर्को कर्तुत खुल्दै

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असार । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको एकपछि अर्को करतुत बाहिर आएका छन् ।

बजेट निर्माणमा विदेशी नागरिकसहितका विचौलिया प्रवेश गराएको भन्दै चर्को विरोध भएपछि राजीनामा दिएका शर्माले राजीनामापछि पनि अनियमितता गरेको खुलेको छ ।

राजीनामा दिएपछि शर्माले अर्थ मन्त्रालय फर्किएर नेपाल प्रहरीलाई हतियार खरिदका लागि रकमान्तर गरेको तथ्य बाहिरिएको हो ।

वुधबार प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरुले शर्माले राजीनामापछि पनि हतियार खरिदका लागि ८४ करोड रकामान्तर गरेको विषय उठान गरेका हुन् ।

एमाले सांसदहरुले सो काण्डमा प्रधानमन्त्री शेरबहादुर देउवाको समेत संलग्नता रहेको आशंका गरेका छन ।

संसद बैठकको सुरुमै सभामुखसँग समय लिएर बोल्दै पूर्वगृहमन्त्रीसमेत रहेका सांसद खगराज अधिकारीले प्रहरी वा सुरक्षा निकायको कुनै पनि निकायले नमागेका घातक हतियार खरिदका लागि बजेट रकमान्तर गरिएको भन्दै सरकारले स्पष्टिकरण दिनुपर्ने माग गरेका हुन् ।

राजीनामा दिएर गएर हतियार खरिदका लागि रकमान्तर गरिएको भन्दै यसमा प्रधानमन्त्रीले आदेश दिएको हो कि होइन ? भन्दै अधिकारीले प्रश्न गरे ।

इटलीको बदनाम कम्पनीको हतियार खरिद गर्नका लागि भइरहेको प्रपञ्च करोडौं कमिसनका खेल भएको अधिकारीको निष्कर्ष छ ।

त्यस्तै, कमिसनको चक्करमा हतियार खरिद गर्न लागेपछि प्रहरीलाई दवाव दिएर सूचना जारी गरिएको पनि अधिकारीले बताए ।