३१ आश्विन २०८३, शनिबार

सभामुखले तोके उपसभामुखको चुनाव

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असार । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको उपसभामुख पदका लागि यही असार ३१ गतेका लागि चुनावको मिति तोकेका छन् ।

जारी प्रतिनिधिसभाको बैठकमा उनले उपसभामुख पदको निर्वाचन असार ३१ गते हुने भन्दै सोहीअनुसारको सूचना निकाल्न संसद सचिवालयलाई निर्देशन दिए।

२०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजीनामा गरेपछि रिक्त पदमा अब नयाँ उपसभामुख चयन हुने भएको छ।