
काठमाडौँ, २८ असार । बढ्दो जलवायूू परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जगेर्ना तथा प्रवर्द्धन हेतु विकास बैंकले पुनः एकपटक वृहत वृक्षारोपण कार्यक्रमको सफल आयोजना गरेको छ ।
मंगलबार टोखा नगरपालिका २ मा अवस्थित टोखा चण्डेश्वरी अस्पताल परिसरमा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी र यस विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा करिव २०० विभिन्न प्रजातिका फलफुलका विरुवाहरु अस्पताल परिसरमा रोपिएको थियो ।
कार्यक्रममा टोखा नगरपालिका वडा नं २ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, फ्रेन्डसिप ग्रुप अफ टोखाका संस्थापक अध्यक्ष केदार श्रेष्ठ र टोखा चण्डेश्वरी अस्पतालका अध्यक्ष युथ महर्जनहरुको पनि उपस्थिति रहेको थियो ।
साथै, कार्यक्रमको स्वागत मन्तव्य यस विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले दिएका थिए भने कार्यक्रम संचालन सामान्य प्रशासन विभाग प्रमुख अनुमान श्रेष्ठले गरेका थिए जसमा यस विकास बैंकका सम्पूर्ण विभागीय प्रमुख तथा टोखा नगरपालिकाको स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।
बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।















प्रतिक्रिया